मुक्तिनाथ म्युचुअल फण्डको आईपीओ मंसिर २० गतेदेखि
सोमबार, १० मङ्सिर २०८१, ०९ : ४५
काठमाडौं । मुक्तिनाथ क्यापिटलले ल्याउन लागेको मुक्तिनाथ म्युचुअल फण्ड–१ को आईपीओ मंसिर २० गतेदेखि खुल्ने भएको छ । क्यापिटलले सार्वजनिक गरेको आह्वानपत्र अनुसार १ अर्ब रुपैयाँ बराबरको यस्तो आईपीओ आउन लागेको हो ।
क्यापिटलले कुल १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्डको लागि अनुमति पाएको थियो । यसमध्ये १५ प्रतिशतले हुने सो बराबरको १ करोड ५० लाख कित्ता योजना प्रवद्र्धक मुीक्तनाथ विकास बैंक र २० लाख कित्ता योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटललाई छुट्याइएको छ । बाँकी ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि खुला गरिने उल्लेख गरिएको छ ।
यसका लागि न्यूनत १०० इकाइदेखि अधिकतम १ करोड इकाइसम्मका लागि आवेदन दिन पाउने उल्लेख गरिएको छ । उक्त आईपीओ मंसिर २० गतेदेखि २४ गतेसम्म खुला हुनेछ । सो अवधिमा बिक्री नभएमा बढीमा पुस ४ गतेसम्म समय थप गर्नसक्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण