सुनको भन्सार घटेपछि के छ व्यवसायीको प्रतिक्रिया ?
काठमाडौँ । सरकारले सुनको भन्सार दर घटाएसँगै सुनको मूल्य उच्च रूपमा घटेको छ । सोमबार सुनको मूल्य एकैदिन १५ हजार ९०० रुपैयाँले घटेको हो । योसँगै सुन प्रतितोला १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको छ ।
सुनचाँदीको मूल्य घटेसँगै देशभरका व्यवसायीसँग भएको सुनको स्टक मूल्य समेत त्यही अनुसार घटेको छ । यसले व्यवसायीहरूमा ठुलो नोक्सान भएको देखिन्छ ।
तर, सरकारको यो निर्णयको सुनचाँदी व्यवसायीहरूले भने स्वागत गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिकरत्न शाक्य सुनमा भन्सार घटाउने सरकारको निर्णय स्वागतयोग्य रहेको बताउँछन् । आफूहरूले लामो समयदेखि भन्सार दर समायोजन गर्न माग गर्दै आएकोमा सरकारले यो माग पूरा गरेको उनको भनाइ छ ।
‘हामीले पहिलेदेखि नै माग गर्दै आएको कुरा हो । सरकारले घटाएपछि सुन स्टकमा रहेका व्यवसायीलाई नोक्सान त भयो, तर यसले सुनचाँदीको कारोबार र अवैध आयात पनि घट्नेछ । यसले बजारलाई चलायमान बनाउन सहयोग गर्नेछ,’ उनले भने ।
भारतको भन्दा सुनमा भन्सार दर बढी भएकै कारण अहिले तस्करी हुँदै आएको थियो । सोही कारण सीमावर्ती बजारमा त सुनचाँदी व्यवसाय ठप्प प्राय नै थियो । तस्करी गर्नेले धेरै नाफा कमाउने भएकोले तस्करीको सुन ओसारपसार भइरहेको थियो ।
अब यो अवस्था समेत धेरै घट्ने उनको भनाइ छ । नेपालीले पनि सीमावर्ती भारतीय बजारमा गएर सुन ल्याउने प्रवृत्ति कम हुने शाक्य बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण