कपिलवस्तुबाट पाटेबाघको छालासहित एकजना पक्राउ
सोमबार, १० मङ्सिर २०८१, १२ : ५०
काठमाडौँ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–२ बाट प्रहरीले पाटे बाघको छाला कारोबार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ गोलाखर्क घर भएका ४१ वर्षीय विष्णुप्रसाद भट्टराई छन् ।
शिवराज नगरपालिका स्थित करुणा रेस्टुरेन्ट एन्ड लजबाट उनलाई पक्राउ गरिएको कपिलवस्तुका एसपी निरञ्जनदत्त भट्टले रातोपाटीलाई बताए । आरोपीको साथबाट प्रहरीले एक थान पाटे बाघको छाला बरामद गरेको छ ।
पाटे बाघको छालाको लम्बाई ६ फिट छ । आरोपीलाई प्रहरीले कानुनी कारवाहीका लागी डिभिजन वन कार्यालय चन्द्रौटामा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण