अफगानिस्तानमा गाडी दुर्घटना, ६ जनाको मृत्यु
सोमबार, १० मङ्सिर २०८१, १५ : ५४
अफगानिस्तान । उत्तरी अफगानिस्तानको बदख्सान प्रान्तको कोक्चा नदीमा यात्रुबाहक गाडी दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । सोमबार भएको गाडी दुर्घटनामा ६ जनाको मृत्यु भएको प्रान्तीय सूचना तथा संस्कृति विभागले विज्ञप्ति मार्फत जनाएको छ ।
विज्ञप्तिका अनुसार आइतबार राती गाडी प्रान्तको राजधानी फैजाबाद सहरतर्फ गइरहेको अवस्थामा दुर्घटना भएको हो । स्थानीय वासिन्दा तथा उद्धारकर्ताहरू घटनास्थलमा पुगी घाइतेको उद्धार गर्नुका साथै शवहरू निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
स्रोतका अनुसार गत हप्ता मात्र यहि क्षेत्रमा यात्रु बहाक गाडी दुर्घटना हुदाँ महिला तथा बालबालिका सहित आठ जना यात्रुहरूको ज्यान गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण