कोशी प्रदेशका पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने यी हुन् ९ आधार
काठमाडौँ । कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने निर्णय गर्दा सरकारी वकिलको कार्यालय काठमाडौँले नौ वटा आधार लिएको पाइएको छ।
जिल्ला अदालत काठमाडौँमा पेस भएको अभियोग पत्रका अनुसार मन्त्री अधिकारी आफैँले मानव तस्करीको जालोमा परेको भनी सूचना दिएको देखि बिचौलियाहरूसँग नियमित सम्पर्क नभएकोसम्म दाबी गरिएको छ। जिल्ला अदालतमा पेस भएको अभियोगपत्रका अनुसार उनी जापान लैजाने कार्यमा प्रत्यक्ष संलग्न नभएको तर विचौलियाहरुको प्रभावमा परेको भनिएको छ।
जिल्लाले उनलाई मुद्दा नचलाउने निर्णय लिन पहिलो आधार प्रतिवादी लिलाबल्लभ अधिकारी स्वयंले जापानको नारिता विमानस्थलबाट घटनाको सम्बन्धमा नेपाल प्रहरीहरूलाई दिएको जानकारीलाई लिइएको छ ।
दोस्रो आधार भनेको जापान सरकारले अन्य प्रतिवादीहरूलाई बहिस्कारको आदेशबाट डिपोर्ट गरेकोमा लिलाबल्लभ अधिकारीको हकमा स्वयंले अनुरोध गरी फिर्ता भई आएको देखिएको भनी दाबी लिएको छ । उनी आफैँले नेपाल प्रहरीलाई सूचना दिएको देखि उनले शङ्का लागेपछि विमानस्थलमा पुगेर डिपोर्टको अनुरोधसम्म गरेकाले उनलाई मुद्दा चलाउन आवश्यक नहुने सरकारी वकिल कार्यालयको दोस्रो तर्क छ।
अन्य प्रतिवादीहरूले अनुसन्धानको क्रममा बयान गर्दा अधिकारीले संलग्नता सम्बन्धमा केही नबोलेको र आरोपित कसुरमा इन्कार बयान गरेको तेस्रो आधार लिएको छ । त्यस्तै तत्काल पक्राउ परेका प्रतिवादीहरू महेश पाण्डे समेतको बयान ब्यहोराबाट प्रस्तुत कसुरमा मन्त्री अधिकारीको संलग्नता रहेको भनी खुल्न आएको नदेखिएको र मिसिल संलग्न रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सीसी फुटेजमा समेत निज एक्लै सवार भएको देखिएको चौथो र पाँचौँ आधार लिएको छ।
छैटौँ आधारको रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जापान प्रस्थान भएपश्चात् महेश पाण्डेले पठाएका ह्वाट्एप म्यासेज समेत हेरेको नदेखिएको र उनको कल डिटेल्स हेर्दा पक्राउ परेका प्रतिवादीहरूसँग सम्पर्क भएको नदेखिएको दाबी अभियोग पत्रमा गरिएको छ।
मन्त्री अधिकारीलाई उन्मुक्ति दिन लिइएको अर्को आधार जनक राई समेतका किर्ते गरी बनाएको हस्ताक्षरसँग नमुना परीक्षण गर्दा मेल समेत खाएको नदेखिएको उल्लेख छ। कार्तिक ११ मा तत्कालीन मन्त्री अधिकारी, खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा क्याथे प्यासिफिकको उडानमार्फत जापान गएका थिए ।
सांस्कृतिक कार्यक्रमका लागि त्यहाँ हिँडेका तत्कालीन मन्त्री अधिकारी र कञ्चन देवकोटाका लागि बिचौलियाले टोकियोमा एउटै होटल बुकिङ गरिदिएको भेटिएको थियो । टोकियो विमानस्थलबाट डिपोर्ट (निष्कासन) भएर काठमाडौँ फर्किएका तत्कालीन मन्त्रीसहित ४ जना र ३ जना बिचौलियालाई प्रहरीले पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण