अस्पताल थप्नेभन्दा भएकालाई राम्रोसँग चलाऔँ : मन्त्री पौडेल
सोमबार, १० मङ्सिर २०८१, १८ : ००
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले साना अस्पताल थप्नुभन्दा भएकालाई राम्रोसँग चलाउन आग्रह गरेका छन् । साेमबार प्रथम त्रैमासिकको समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले तीनै तहका सरकारलाई भएका अस्पताल राम्रोसँग चलाउन आग्रह गरेका हुन् ।
‘भएका अस्पतालमा आवश्यक सुविधा भएको सुनिश्चित गरौँ,’ मन्त्री पौडेलले भने, ‘अस्पताल हुने, उपकरण नहुने तर साना अस्पताल थपिने अवस्था कम गरौँ, भएकालाई राम्ररी कसरी चलाउने भन्नेतर्फ हामीले ध्यान दिनुपर्छ ।’
देशको आर्थिक अवस्था हेरेर धेरै दरबन्दी थप्न सकिने अवस्था नरहेकोतर्फ ध्यान दिन आग्रह समेत गरे । ‘थप गर्न नसकिने अवस्थामा न्यूनतम दरबन्दीबाट सकेको सेवा दिने गरी काम गरौँ’ मन्त्री पौडेलले भने, ‘त्यस्तो अवस्थामा आवश्यक न्यूनतम जनशक्ति उपलब्ध हुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण