सट्टेबाजी खेलाउने गिरोहसँग मिलेर वालेटका कर्मचारीले गर्थे केवाईसी भेरिफाई
काठमाडौँ । सट्टेबाजी खेलाउने गिरोहसँग मिलेर डिजिटल वालेट कम्पनीमा कार्यरत कर्मचारीहरूले सेवाग्राहीको विवरण दुरुपयोग गरेको भेटिएको छ । सेवाग्राहीले बुझाएको नागरिकता र फोटो वानएक्स बेटीङ खेलाउने गिरोहलाई दिएर नयाँ खाता खोल्ने फारम स्वीकृत गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जना वालेटका कर्मचारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ घर भएका साहिल श्रेष्ठ र गोरखा घर भएका सविन कुमार कुमाल छन् । कागजत अपलोड गर्ने रामेछापका सुरेन्द्र बस्नेतलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
सुरेन्द्र चाहिँ डिजिटल वालेटका कर्मचारी होइन । साहिल र सविनले उपलब्ध गराउने कागजात अपलोड गरेर सुरेन्द्रले केवाईसी (नो योर कस्टुमर) फारम अपलोड गर्ने गरेको र उनीहरूले रुजु गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । उनीहरुले रुजु गरेको ५५ वटा वालेट खाता अनलाइन मार्फत सट्टेबाजी खेलाउनेहरूले प्रयोग गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए ।
खाता रुजु गरेबापत उनीहरुले सट्टेबाजहरुसँग कमिसन लिने गरेको भेटिएको छ । कम्पनीलाई विश्वासघात गरेको आरोपमा उनीहरूलाई आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर ललितपुरमा पठाइएको एसएसपी भट्टराईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण