विदेश भ्रमण ५ दिनमा सीमित गर्न कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रालयका कर्मचारीलाई विदेश भ्रमण ५ दिनमा सीमित गर्न निर्देशन दिएका छन् । सोमबार मन्त्रालयको प्रथम त्रैमासिक समीक्षामा उनले कर्मचारीलाई वैदेशिक भ्रमण ५ दिनमा सीमित गर्न निर्देशन दिएका हुन् ।
मन्त्री पौडेलले विदेश भ्रमण जाने समयलाई ५ दिनमा सीमित गर्न भन्दै त्योभन्दा बढी नबस्न र काममा सक्रिय हुन निर्देशन दिए । ‘विदेश भ्रमण गएपछि के कस्तो सिकाइ रह्यो, के सुधार गर्न सकिन्छ रिपोर्ट पनि ल्याउनुहोला,’ मन्त्री पौडेलले भने ।
मन्त्री पौडेलले योजनामा सीमित नहुन भन्दै कर्मचारीलाई अब कार्ययोजना लिएर आउन आग्रह समेत गरे । उनले कसरी सेवा सुधार गर्न सकिन्छ भनेर लाग्न कर्मचारीसँग आग्रह गरे ।
मन्त्री पौडेलले सरकारी जिम्मेवारी भनेको नेतृत्व क्षमता देखाउने अवसर भएको भन्दै यसलाई सदुपयोग गर्न समेत आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद विष्णु पन्थीको पक्राउ पुर्जी प्रकरण : के गर्दैछ रुपन्देही प्रहरी ?
-
आफ्नो वायु रक्षा प्रणालीमा शत्रु घुस्न असम्भव : भारतीय सेना
-
१० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो ‘कर्णाली छोरी सम्मेलन’
-
पाकिस्तानका पूर्व प्रधानमन्त्रीले किन गरेका थिए शाहरुख खानलाई गाली ?
-
मोदीले राष्ट्रको नाममा सम्बोधन गर्ने
-
कराते महासंघको तदर्थ समिति गठनले विवाद, पर्शुरामसँग आक्रोश