राहदानी विभागको सेवा सुचारु
काठमाडौँ । राहदानी विभागबाट राहदानी सेवा पूर्ण रूपमा सुचारु भएको छ । सोमबार साँझ विभागले सूचना जारी गर्दै सेवा सुचारु भएको जानकारी गराएको हो ।
राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही कम्प्युटरहरूमा भाइरस प्रवेश गरेकाले राहदानी सेवा अवरुद्ध भएको थियो ।
सेवा सुचारु भएकाले सेवा लिन चाहनेले अनलाइन फाराम भरी विभागमा आवेदन दिन सक्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ । जिल्ला/इलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूमा क्रमशः सेवा विस्तार गरिने पनि विभागले उल्लेख गरेको छ ।
यसअघि आवेदन गरिसकेका (बायोमेट्रिक समेत) सेवाग्राहीको राहदानी छपाई कार्य नियमित प्रक्रियाबाट भइरहेको र सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूमा पठाउन सुरु गरिएको विभागको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ,‘आ–आफ्नो जिल्ला र इलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोगमा आवेदन दिने सम्बन्धी अध्यावधिक जानकारीका लागि तत् तत् निकायमा सम्पर्क गर्नुहुन समेत सूचित गरिन्छ । साथै विभागको टेलिफोन नं.९७७–१-५९७०३३०/३३१/३३२ मा सम्पर्क गरी थप जानकारी लिन सकिने छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण