रोनाल्डो चम्किँदा अल नासरको जित
मङ्गलबार, ११ मङ्सिर २०८१, ०९ : ३१
रियाद । क्रिस्टियानो रोनाल्डोले गोल वर्षा जारी राख्दा अल नासरले एसियन च्याम्पियन्स लिगमा अल घाराफालाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा अल नासर ३–१ गोल अन्तरले विजयी बनेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएपछि दोस्रो हाफको सुरुवातमा नै रोनाल्डोले टोलीलाई अग्रता दिलाए । त्यसको १२ मिनेटपछि एन्जेलो ग्याब्रियलले गोलकिपर सर्जियो रिकोलाई छलाउँदै दोस्रो गोल गरे ।
रोनाल्डोले ६४ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । योसँगै पोर्चुगिज सुपरस्टारको करियरको गोल सङ्ख्या ९१३ पुगेको छ । खेलको अन्त्यतिर जोसेलुले घाराफाका लागि सान्त्वना गोल गरे ।
अल नासरले सुरुवाती ५ खेलबाट १३ अङ्क बटुल्दै पश्चिम समूहको दोस्रो स्थानमा रहेको छ । टोलीले अब मंगलबार अल सादको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण