इन्डियन प्रिमियर लिगको मेगा अक्सनपछि एकाएक करोडपति बने १३ वर्षीय वैभव
काठमाडौँ । विश्वकै लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सन सोमबार सकिएको छ । मेगा अक्सनमा आईपीएल क्लबहरुले खेलाडी खरिदका लागि ठुलो रकम खर्च गरेका छन् ।
मेगा अक्सनपछि एक भारतीय खेलाडी अहिले निकै चर्चामा छन् । मेगा अक्सनपछि १३ वर्षीय वैभव सूर्यवंशी एकाएक करोडपति बनेका छन् । मेगा अक्सनमा उनलाई राजस्थान रोयल्सले एक करोड १० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो ।
न्युनतम मूल्यभन्दा निकै बढी रकममा उनलाई राजस्थानले खरिद गरेको हो । वैभव आईपीएलको मेगा अक्सनमा बिक्री हुने सबैभन्दा कम उमेरका खेलाडी पनि हुन् । केवल १३ वर्षको उमेरमै उनले भारतको यू–१९ टोलीबाट उत्कृष्ट प्रदर्शन गरिसकेका छन् ।
मेगा अक्सनमा वैभवलाई खरिद गर्न राजस्थानका अतिरिक्त दिल्ली क्यापिटल्सले पनि बोली लगाएको थियो । तर, अन्त्यमा राजस्थानले नै बाजी मार्यो । मेगा अक्सनमा वैभवमाथि पहिलो बोली भने दिल्लीले लगाएको थियो ।
तर, दिल्ली एक करोड रुपैयाँभन्दा अगाडि बढ्न चाहेन । त्यसपछि राजस्थानले एक करोड १० लाख रुपैयाँको बोली लगाउँदै वैभवलाई टोलीमा आबद्ध गर्यो । वैभव सूर्यवंशीको न्युनतम मूल्य भने ३० लाख रुपैयाँ राखिएको थियो ।
वैभवको घर विहारमा पर्छ । उनले सन् २०२३ को रणजी ट्रफीमा ‘डेब्यू’ गरेका थिए । उनले केवल १२ वर्ष दुई सय ८४ दिनमा रणजी ट्रफी खेलेका थिए । वैभवले भारतको यू–१९ टोलीबाट खेल्दै शतक पनि प्रहार गरिसकेका छन् ।
उनले अस्ट्रेलियाको यू–१९ टोलीविरुद्ध शतक प्रहार गरेका थिए । त्यो खेलमा उनले केवल ६२ बलमा एक सय चार रन बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026