सिनामंगल घटनामा मृतकका परिवारले भने, ‘क्यानडाबाट नेपाल आउने थाहै थिएन’
काठमाडौँ । सिनामंगलस्थित होटेल जन्मभूमिको चौथो तलामा मंसिर ९ गते मृतावस्थामा भेटिएका रमेश माझी र शर्मिला माझीको शव परिवारले बुझेका छन् । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम पछि आफन्तले शव बुझेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
रमेश र शर्मिला दम्पती हुन् । सुनसरीको दुहबी घर भएका उनीहरू मंसिर ८ गते बिहान कतार एयरलाइन्सको उडानमार्फत क्यानडाबाट काठमाडौँ आएका थिए । तर, क्यानडाबाट उनीहरू काठमाडौँ ओर्लिएको बारेमा परिवारका सदस्यहरू नै बेखबर थिए । होटेलमा झुन्डिएको अवस्थामा शव भेटिएको भनेर प्रहरीले खबर गर्दा रमेशका बुवाआमाले नपत्याएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृत भन्छन्, ‘हाम्रो छोरा बुहारी क्यानडामा छन्, भनेर उहाँहरूले पत्याउनुभएन।’
सुनसरीबाट काठमाडौँ आएर परिवारका सदस्यहरूले प्रहरी वृत्त गौशालामा घटनाबारे अनुसन्धानका लागि जाहेरी दिएका छन् । प्रहरीसँग परिवारका सदस्यहरूले अनुसन्धान अधिकृतहरूसँग भनेका छन्, ‘उनीहरू नेपाल आउनको कुरा थाहै थिएन ।’
दुई वर्ष क्यानडा बसेर नेपाल फर्किएका उनीहरूको ४ वर्षीया छोरा छन् । दुई वर्षको छोरा छाडेर क्यानडा गएका उनीहरू त्यहाँबाट काठमाडौँ आएपछि सिधै एयरपोर्ट नजिकै रहेको होटेलमा पुगेर बसेका हुन् । एसपी अधिकारीले भने, ‘विमानस्थलबाट उहाँहरू सिधै होटेलमा गएको देखिन्छ ।’
क्यानडाबाट परिवारलाई खबर नै नगरी आएका दम्पतीले आत्महत्या गर्नुको कारण खुल्न नसकेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘परिवारका सदस्यहरू बेखबर छन्, हामी प्राविधिक कोणबाट आत्महत्या गर्नुको कारण खोज्दै छौँ ।’
उनीहरूको शव परीक्षणको रिपोर्ट आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण