‘पूर्णबहादुरको सारङ्गी’विरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोपमा उजुरी
काठमाडौँ । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ विरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोपमा उजुरी परेको छ । ‘लाज’ फिल्मका लेखक अजित लामिछानेले फिल्म विरुद्ध नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा क्षतिपूर्तिको मागसहित उजुरी दर्ता गरेका हुन् ।
फिल्ममा ‘लाज’को कथासार र केही प्लट तोडमोड गरी नियतवश चोरी गरिएको उजुरीमा उल्लेख छ ।
‘विगत दुई वर्ष पहिले मैले ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेललाई ‘लाज’को सम्पूर्ण कथा, पटकथा तथा संवाद सुनाएको थिएँ’, लामिछानेले अगाडि लेखेका छन् ‘ फिल्मका निर्माण कम्पनी बाँसुरी फिल्मसका प्रबन्ध निर्देशक रामबाबु गुरुङ (फिल्म निर्देशक)लाई पनि ‘लाज’माथि सहकार्य गर्ने हेतुले इमेल गरिएको थियो ।’
लामिछानेले आफ्नो बौद्धिक सम्पत्ति चोरी भएकाले फिल्मका निर्देशकदेखि सम्बन्धित व्यक्तिसँग सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग समेत गरेका छन् । लामिछानेले केही अगाडि सामाजिक सञ्जालमा पनि यस विषमा एक पोस्ट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण