आईपीएलको मेगा अक्सनमा बिक्री नभएका यी चर्चित क्रिकेटर !
काठमाडौँ । विश्व चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सन सोमबार साउदी अरेबियाको जेद्दाहमा सकिएको छ । दुई दिनसम्म चलेको मेगा अक्सनमा आईपीएल क्लबहरूले खेलाडी खरिदका लागि ठुलो रकम खर्च गरे ।
तर, आईपीएलको यसअघिका संस्करणमा महँगो रकमा बिक्री भएर उत्कृष्ट प्रदर्शन गरेका केही विश्व चर्चित खेलाडीका लागि भने यो यसपटकको मेगा अक्सन निराशाजनक रह्यो । विश्व क्रिकेटका केही प्रभावशाली खेलाडी यसपटक मेगा अक्सनमा बिक्री भएनन् ।
मेगा अक्सनमा अधिकांश टोलीले अलराउन्डर खेलाडीहरूमाथि आँखा लगाउँछन् । तर, यसपटक चर्चित अलराउन्डरहरु पनि बिक्री भएनन् । भारतका चर्चित अलराउन्डर शार्दुल ठाकुर यसपटक अक्सनमा बिक्री भएनन् । उनको न्यूनतम मूल्य दुई करोड भारतीय रुपैयाँ राखिएको थियो ।
न्युजिल्यान्डका प्रभावशाली अलराउन्डर ड्यारल मिचेल र म्याट हेनरी पनि यसपटक अक्सनमा बिक्री भएनन् । उनको न्यूनतम मूल्य दुई करोड भारतीय रुपैयाँ राखिएको थियो । तर, कुनै पनि क्लबले ड्यारल मिचेलमाथि बोली लगाएनन् ।
यसैगरी, इङ्ल्यान्डका अलराउन्डर मोइन अली पनि यसपटक मेगा अक्सनमा बिक्री भएनन् । उनको न्यूनतम मूल्य पनि दुई करोड भारतीय रुपैयाँ राखिएको थियो । तर, कुनै पनि क्लबले उनलाई खरिद गर्न चाहेनन् ।
इङ्ल्यान्डका अर्का अलराउन्डर गस एटकिन्सनलाई पनि यसपटक मेगा अक्सनमा कुनै क्लबले खरिद गरेनन् । उनको न्यूनतम मूल्य पनि दुई करोड भारतीय रुपैयाँ राखिएको थियो । तर, उनीमाथि कुनै पनि क्लबले बोली लगाएनन् ।
यसका अतिरिक्त वेस्ट इन्डिजका प्रभावशाली अलराउन्डर अकिल हुसैन पनि मेगा अक्सनमा बिक्री भएनन् । उनको न्यूनतम मूल्य एक करोड ५० लाख भारतीय रुपैयाँ राखिएको थियो । तर, कुनै पनि क्लबले उनीमाथि बोली लगाएनन् ।
यसैगरी, चर्चित अस्ट्रेलियन खेलाडी डेभिड वार्नर पनि मेगा अक्सनमा बिक्री भएनन् । उनको न्यूनतम मूल्य दुई करोड भारतीय रुपैयाँ राखिएको थियो । न्युजिल्यान्डका चर्चित खेलाडी केन विलियम्सन पनि बिक्री भएनन् । उनको न्यूनतम मूल्य पनि दुई करोड भारतीय रुपैयाँ राखिएको थियो ।
यसैगरी, विश्व क्रिकेटका चर्चित खेलाडीहरू जोन बेयरस्टो, आदिल रसिद, मजिब उर रहमान, देवदत्त पाडिकल, ग्लेन फिलिप्स, नविन उल हक, जेम्स भिन्स, रिली रोसु, ताबरिज सामसी पनि अक्सनमा बिक्री भएनन् । यी सबै खेलाडीको न्यूनतम मूल्य दुई करोड भारतीय रुपैयाँ राखिएको थियो ।
यसका अतिरिक्त, शाई होप पनि मेगा अक्सनमा बिक्री भएनन् । शाई होपको न्यूनतम मूल्य एक करोड २५ लाख रुपैयाँ राखिएको थियो । एक करोड न्यूनतम मूल्य राखिएका मयंक अग्रवाल र एलेक्स केसी पनि बिक्री भएनन् ।
यसैगरी, ७५ लाख रुपैयाँ न्यूनतम मूल्य राखिएका विजयकान्त वियासकान्त, वकार सलामखेल, केशव महाराज, डेनोभन फरेरा, केएस भारत, पृथ्वी शा, लिटन दास, आन्द्रे फ्लेचर, ओली पप, लुक उड र ह्यारी टेक्टरलाई पनि दुई दिनसम्म चलेको मेगा अक्सनमा कुनै क्लबले खरिद गरेनन् ।
यसैगरी, ५० लाख रुपैयाँ न्यूनतम मूल्य राखिएका भारतीय खेलाडी पियुष चावला पनि बिक्री भएनन् । ४० लाख रुपैयाँ न्यूनतम मूल्य राखिएका कार्तिक त्यागीलाई पनि मेगा अक्सनमा कुनै पनि क्लबले खरिद गर्न चाहेनन् ।
यसैगरी, ३० लाख रुपैयाँ न्यूनतम मूल्य राखिएका उत्कृर्ष सिंह, लवनिध सिसोदिया, उपेन्द्रसिंह यादव, अनमोलप्रित सिंह, यश ढुल र श्रेयष गोपाललाई पनि मेगा अक्सनमा कुनै पनि टोलीले खरिद गर्न चाहेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्र र नेसपानिकट शिक्षक संगठनबिच एकता घोषणा
-
इरानको युरेनियम संवर्धनमा भएको वृद्धिप्रति चिन्ता व्यक्त
-
साढे ४९ अर्ब बराबरको आइपीओ जारी गर्न ८० कम्पनी पाइपलाइनमा
-
बीआरआई सहमतिमा विवाद गर्नुपर्ने कारण छैन : रमेश लेखक
-
अमेरिका : टिकटकको अपिल खारेज, अब लाग्नसक्छ प्रतिबन्ध
-
बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गर्दा सरकारको ध्यान पुगेन : झलनाथ खनाल