र्यापर बादशाहको नाइट क्लबमा विस्फोट, लरेन्स विश्नोई गिरोहले लियो जिम्मेवारी
नयाँ दिल्ली । भारतीय र्यापर बादशाहको नाइट क्लबमा विस्फोट भएको छ । चण्डीगढस्थित उनको नाइट क्लब बाहिर आफूले बम विस्फोट गराएको लरेन्स बिश्नोई गिरोहले दाबी गरेको छ । गोल्डी बरारले जारी गरेको सामाजिक सञ्जाल पोस्टमा यस्तो दाबी गरिएको भन्दै भारतीय सञ्चार माध्यमले समाचार छापेका छन् । प्रहरीका अनुसार मंगलबार बिहान चण्डीगढको सेक्टर २६ क्षेत्रमा रहेको एक बारबाहिर विस्फोट भएको थियो ।
पहिलो विस्फोट ३ः१५ बजेतिर सेभिले बाहिर भएको थियो । मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिहरूले क्लबको प्रवेशद्वार नजिकै विस्फोटक विस्फोट गराएका थिए । त्यसको केही मिनेट पछि, डी’अरा क्लबबाहिर यस्तै विस्फोट भएको थियो । यस क्रममा क्लब रहेको भवनको झ्यालहरू झर्यामझुरुम फुटेका थिए ।
यी विस्फोटका घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको छ । उक्त क्षेत्रमा जडान गरिएको सीसीटीभी क्यामेराको फुटेजमा अज्ञात व्यक्तिले बार–सह–लाउन्जतर्फ केही फ्याँकिरहेको र त्यसपछि धुवाँको बादल उठेको देखिन्छ । बिहान करिब ३ः३० बजेतिर सो क्षेत्रमा ‘चर्को आवाज’ आएको सूचना पाएको प्रहरीले जनाएको छ ।
बादशाहले गत डिसेम्बरमा सेभिल रेस्टुरेन्ट खोलेका थिए । बादशाह सेभिलको साथसाथै सागो स्पाइसी सिम्फनी र सिडेराका सह–मालिक पनि हुन् । ३९ वर्षीय बादशाहले हिन्दी, अंग्रेजी, पञ्जाबी र हरियाणवी भाषामा पनि गीत गाएका छन् । उनले कपुर एन्ड सन्स र क्रु लगायत बलिउडका कयौँ फिल्मका लागि गीत पनि गाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण