च्याम्पियन्स लिगमा एटलेटिको मड्रिडको गोल वर्षा
बुधबार, १२ मङ्सिर २०८१, ०३ : ३७

काठमाडौं । च्याम्पियन्स लिगमा स्पेनको एटलेटिको मड्रिडले गोल वर्षा गरेको छ । लिग चरणको खेलमा एटलेटिको मड्रिडले अवे मैदानमा गोल वर्षा गरेको हो । चेक गणतान्त्रिक स्पार्ट प्रागको पोष्टमा एटलेटिकोले ६ गोल गरेको हो ।
लिग चरणमा यसअघि दुई खेल गुमाएको एटलेटिकोले उत्कृष्ट पुनरागमन गर्दै अवे मैदानमा गोल वर्षा गरेको हो । एटलेटिकोलाई फराकिलो जित दिलाउन जुलियन अल्भारेज र एन्जल कोरेआले दुई–दुई गोल गरे । एन्टोनी ग्रिजम्यान र मार्कोस लोरेन्टले एक–एक गोल गरे । यो जितले एटलेटिकोलाई लिग चरण अंकतालिकाको १३ औं नम्बरमा उकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास
-
आयातमा लगाइएको कर अस्थायी रूपमा घटाउन अमेरिका र चीन सहमत
-
जब तमिल सुपरस्टार स्टेजमै बेहोस भए...
-
भारत–पाकिस्तान हात हालाहालको स्थिति नआओस् भनेर हामीले पनि भन्यौँ : प्रधानमन्त्री ओली
-
४० वर्षदेखि टर्कीमा जारी सशस्त्र संघर्ष अन्त्य गर्ने पीकेकेको घोषणा
-
जडीबुटी चोकदेखि पेप्सीकोलासम्म सडक सीमा क्षेत्रका अनधिकृत संरचना हटाउन निर्देशन