च्याम्पियन्स लिगमा एटलेटिको मड्रिडको गोल वर्षा
बुधबार, १२ मङ्सिर २०८१, ०३ : ३७
काठमाडौं । च्याम्पियन्स लिगमा स्पेनको एटलेटिको मड्रिडले गोल वर्षा गरेको छ । लिग चरणको खेलमा एटलेटिको मड्रिडले अवे मैदानमा गोल वर्षा गरेको हो । चेक गणतान्त्रिक स्पार्ट प्रागको पोष्टमा एटलेटिकोले ६ गोल गरेको हो ।
लिग चरणमा यसअघि दुई खेल गुमाएको एटलेटिकोले उत्कृष्ट पुनरागमन गर्दै अवे मैदानमा गोल वर्षा गरेको हो । एटलेटिकोलाई फराकिलो जित दिलाउन जुलियन अल्भारेज र एन्जल कोरेआले दुई–दुई गोल गरे । एन्टोनी ग्रिजम्यान र मार्कोस लोरेन्टले एक–एक गोल गरे । यो जितले एटलेटिकोलाई लिग चरण अंकतालिकाको १३ औं नम्बरमा उकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण