नेशनल मेडिकल कलेज सम्मानित
काठमाडौँ । वीरगन्जमा रहेको नेशनल मेडिकल कलेजलाई गत आर्थिक ०८०/०८१ मा मधेस प्रदेश मै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेको भन्दै प्रधानमन्त्रीबाट सम्मानपत्र प्रदान गरिएको छ ।
मंगलबार काठमाडौंको प्रज्ञा भवन कमलादीमा भएको ७ औँ सामाजिक सुरक्षा दिवस कार्यक्रमको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका अध्यक्ष प्रा.डा. जैनुदिन अन्सारीलाई सम्मानपत्र प्रदान गरिएको हो ।
आठ जिल्ला रहेको मधेस प्रदेशमा ठुलो सङ्ख्यामा स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य सेवामा उत्कृष्ट अस्पताल नेशनल मेडिकल कलेज वीरगन्ज भएकोले सम्मानपत्र प्रदान गरिएको नेशनल मेडिकल कलेज वीरगन्जका प्रबन्ध निर्देशक शाहनावाज अन्सारीले जानकारी दिए ।
उनका अनुसार सामाजिक सुरक्षा कोषले नेशनल मेडिकल कलेजलाई आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेको घोषणा गरेको थियो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल ,श्रम तथा रोजगार मन्त्री शरद सिंह भण्डारी सहितका अतिथिहरूको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण