अदानीलाई लिएर भारतको संसदमा हङ्गामा
बुधबार, १२ मङ्सिर २०८१, १४ : ०५
नयाँ दिल्ली । हिउँदे अधिवेशनको दोस्रो दिन पनि चर्काे हङ्गामाका बिच भारतमा लोकसभा र राज्यसभा दिनभरका लागि स्थगित गरिएको छ ।
बुधवार कांग्रेसले दुवै सदनमा गौतम अडानीको मुद्दामा बहसको प्रस्ताव राखेको थियो । अदानीमाथि अमेरिकामा ठगीको गम्भीर आरोप लागेको र सरकारले यस विषयमा बहस गर्नुपर्ने कांग्रेसले जनाएको छ ।
‘एकतिर सानातिना आरोपमा सयौँलाई गिरफ्तार गरिँदैछ, अर्काेतिर सरकार अदानीलाई बचाउने काम गरिरहेको छ,’ सांसदबाहिर विपक्षी दलका नेता राहुल गान्धीले पत्रकारसँग भनेका छन् ।
गएको हप्ता मात्रै अडानीमाथि आफ्नो एउटा कम्पनीलाई ठेक्का दिलाउन २५ करोड डलर घुस दिएको र यो कुरा लुकाएको आरोप लागेको थियो ।
यसपछि कांग्रेसले गौतम अदानीलाई पक्राउ गर्न माग गरेका थिए भने प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई बचाइरहेको आरोप लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण