कीर्तिपुरमा सहयोग गर्ने विषयमा रास्वपाभित्र तीनथरी मत
काठमाडौँ । मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकामा स्वतन्त्र उम्मेदवारमध्ये कसलाई सहयोग गर्ने भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र तीनथरी मत देखिएको छ । सोही कारण हालसम्म कसैलाई पनि सहयोगको घोषणा गर्न नसकिएको रास्वपा एक नेताले बताए ।
रास्वपाले स्वतन्त्र उम्मेदवार राजमान महर्जन वा नवरथकुमार बानियाँमध्ये कसलाई सहयोग गर्ने भन्ने टुंगो लगाउन नसकेको ती नेताले बताए । पार्टी नगर समितिलाई निर्णय गर्ने अधिकार दिएपनि नगर समितिनै दुई धारमा विभाजित भएको उनको भनाई छ ।
‘नगरलाई काम गर्न दिएको विभाजित भयो । जिल्ला संयोजक त्यही क्षेत्रको बासिन्दा भएपनि बिरामी भनेर चुपचाप बस्नुभएको छ‚’ ती नेताले भने‚ ‘नगर मानवजी र बानियाँ दुबैतर्फ विभाजित भएको छ ।’
सोही अवस्था पार्टी केन्द्रमा पनि देखिएको छ । त्यसैले पार्टी हाल तीन पक्षबाट बहस गरिरहेको छ । पहिलो सरसफाइ अभियन्ता राजमान महर्जनलाई सहयोग गर्ने । दोस्रो‚ प्राडा नवरथकुमार बानियाँलाई सहयोग गर्ने ।
र‚ तेस्रो कसलाई सहयोग गरेको बाहिर सार्वजनिक नगर्ने र नगरमा पार्टीप्रति आस्था राख्नेहरूलाई जता मत हाले पनि स्वतन्त्र छाड्दिने । ‘जसरी विभाजन बढ्दै गएको छ यो हेर्दा तेस्रो विकल्पमा जाने अवस्था देखिन्छ‚’ ती नेताले भने । मंसिर १६ मा हुने उपनिर्वाचनका लागि पार्टीले उम्मेदवार नउठाएर स्वतन्त्रलाई सहयोग गर्ने बताइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण