तीन महिनामा शिवम् सिमेन्टले कमायो १ करोड २७ लाख नाफा
काठमाडौँ । शिवम् सिमेन्टले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय सूचक सार्वजनिक गरेको छ । कम्पनीको वित्तीय सूचक अनुसार साउनदेखि असोजसम्म १ करोड २७ लाख रुपैयाँ नाफा छ । शिवम् नेप्सेमा सूचीकृत सिमेन्ट कम्पनी हो । जसले प्रिमियम मूल्यमा आईपीओ बिक्री गरेको थियो ।
पछिल्लो रिपोर्टअनुसार शिवम् सिमेन्टको चुक्ता पुँजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँ छ । आईपीओ जारी गर्नुअघि अर्थात् आव २०७९/८० सम्म ४ अर्ब ४० करोड रुपैयाँ पुँजी थियो ।
कम्पनीले साउन–असोजमा मात्रै १ अर्ब ४० करोडको सिमेन्ट बिक्री गरेको जनाएको छ । गत आवभर ७ अर्ब ७० करोडको सिमेन्ट बिक्री भएको थियो । आर्थिक मन्दी, निर्माण व्यवसायमा देखिएको सुस्तता लगायत कारण सिमेन्ट कम्पनीहरूको व्यापारमा व्यापक गिरावट आएको छ । तर पनि शिवम् सिमेन्टले सन्तोषजनक नाफा कमाएको छ ।
कम्पनीको बिक्री लागत पनि घटेको छ । गत आवको तीन महिनामा १ अर्ब ४५ करोड रहेको बिक्री लागत अहिले १ अर्ब ३० करोडमा सीमित छ । यो अवधिमा कम्पनीको अन्य आम्दानी १० करोड ५७ लाख पुगेको छ ।
शिवम् सिमेन्ट कम्पनीले २०११ देखि उत्पादन सुरु गरेको थियो । यसको उत्पादन क्षमता दैनिक ३ हजार टन छ । शिवम् सिमेन्टले ४३ र ५३ ग्रेडको ओर्डिनरी पोर्टल्याण्ड सिमेन्ट (ओपीसी) उत्पादन गर्छ । जुनले एनएस गुणस्तर पनि प्राप्त गरेको छ । पछिल्लो समय भारतीय बजारमा पनि शिवमको उत्पादन निर्यात भइरहेको छ ।
शिवम् सिमेन्टले चिनियाँ कम्पनी होङ्सीसँगको साझेदारीमा होङ्सी–शिवम् सिमेन्टमा ३० प्रतिशत साझेदारी पनि गरेको छ । यसबाट पनि कम्पनीलाई नियमित आम्दानी भइरहेको रिपोर्टमा उल्लेख छ । शिवम् सिमेन्टको प्रतिसेयर नेटवर्थ १८९.२८ रुपैयाँ छ । यस कम्पनीले गत वर्षको नाफाबाट लाभांश प्रस्ताव गर्न बाँकी छ । गत वर्षको रिपोर्ट अनुसार यसको लाभांश क्षमता दुई अंंकको हुने देखिएको छ । अघिल्लो आव २०७९/८० मा शिवमले १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण