सट्टेबाजी आरोपमा पक्राउ परेका राईले ७५ वटा बैंक खाता खोलेको खुलासा
काठमाडौँ । वानएक्स वेट मार्फत सट्टेबाजी गराएको आरोपमा प्रहरीले ललितपुरबाट एक जनालाई पक्राउ परेको छ । ललितपुरको महालक्ष्मी नगरपालिका–१ मा बस्दै आएका पाँचथर घर भएका सुनिल राईलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई जानकारी दिए ।
अनुसन्धानका क्रममा राईले ५५ करोड आर्थिक कारोबार गरेको भेटिएको एसपी आचार्यले बताए । आरोपी राई वान एक्स बेटको एजेन्ट रहेको र उनले सट्टेबाजी गराउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका राईले विभिन्न व्यक्तिको नामका नागरिकता प्रमाणपत्र प्रयोग गरी ७५ वटा बैंक खाता खोलेको र सोही खाताको केवाईसी फर्ममा आफ्नै फोटो टाँसेर डेबिट अमाउन्ट कारोबार गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
साथै राईले फरक फरक व्यक्तिको नामबाट १२८ वटा इसेवा वालेट खोली सोहीमार्फत फरक फरक डिभाइस प्रयोग गरेर कारोबार गरेको प्रहरीले जनाएको छ । राईले २५ वटा भन्दा बढी जिमेल आइडी खोली वान एक्स वेटमा प्रयोग गर्नुका साथै विभिन्न स्थानमा कोठा लिएर हुलिया परिवर्तन गर्दै बेटिङ खेल्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार राइको साथबाट विभिन्न कम्पनीका २ वटा ल्यापटप, मोबाइल सेट ८, एनसेलका सिमकार्ड ८०, एनटीसी सिमकार्ड ५, वाइफाई राउटर २ थान, विभिन्न व्यक्तिका नागरिकता ११ वटा, राहदानी १५ वटा, विभिन्न व्यक्तिको नाममा रहेका बैंक खाताका चेकबुक २२ थान, ४२ वटा एटीएम कार्ड र एउटा मोटरसाइकल बरामद गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण