भारतलक्षित ज्ञवालीको टिप्पणी : द्विपक्षीय सम्बन्धको मामिलामा चासो लिनु उचित होइन
काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँगको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनालाई गिजोल्ने काम गर्न नहुने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा सो परियोजनाको मोडालिटीबारे सत्तारुढ दल कांग्रेस–एमालेभित्र नै फरक धारणा आइरहेका बेला उनले त्यसलाई गिजोल्न गरी विवादमा तान्न नहुने बताएका हुन् । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले सो परियोजना चीनसँगको द्विपक्षीय सम्बन्धको मामिला भएकाले त्यसमा अन्य राष्ट्रले चासो लिनु उचित नभएको बताए । उनले नेपालले कुनैपनि देशको अहित नचाहने भएकाले अन्य देशले पनि नेपालको आन्तरिक मामिलामा चासो लिन नहुने स्पष्ट पारे ।
उनले भने,‘अरू देशका जेनुन इस्युहरुलाई, इन्टे«ष्टहरुलाई हार्म गर्दैन हाम्रा पोलिसीहरुले, हामीले लिने नीतिहरुले हाम्रा अरू छिमेकीहरू वा अरू देशहरूको आधारभुत हितलाई चुनौती खडा नगरुन्जेलसम्म अरुले चासो राख्नु उचित पनि होइन । र चासो राख्नुभयो भने सरी यो हाम्रो बाइलेटरल मामिला हो है, तपाईहरुले नेपाललाई विश्वास गर्नुस्, हामीले हाम्रा भूमि तपाईँहरूको विरुद्ध प्रयोग हुन दिँदैनौँ । हाम्रा कुनै पनि पोलिसीहरुले तपाईहरुलाई अप्ठ्यारो पर्न दिँदैनौँ । ’
कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले सो परियोजनालाई राष्ट्रिय सहमति जुटाएर मात्रै अघि बढाउन उपयुक्त हुने धारणा राखे । उनले सो परियोजनामा सत्तारुढ कांग्रेस–एमाले पनि साझा निष्कर्षका साथ अघि बढ्नुपर्ने आवश्यकता रहेको औँल्याए ।
सांसद यादवले परराष्ट्र नीतिलाई अघि बढाउने सम्बन्धमा राजनीतिक दलका नेताहरू जिम्मेवार भएर अघि बढ्नुपर्नेमा पनि जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण