ट्रम्पको मन्त्रीपरिषदमा मनोनीत सदस्यलाई बम हान्ने धम्की
वासिङ्टन डीसी । अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आगामी मन्त्रीपरिषदमा नियुक्त गरेका कयौँ सदस्यलाई बम हान्ने धम्की आएको छ । बमको धम्कीबारे आफू सचेत रहेको एफबीआईले पनि भनेको छ ।
ट्रम्पको मन्त्री परिषद्मा रक्षा, हाउजिङ, कृषि र श्रमलगायत मन्त्रालयको जिम्मा पाएका कम्तीमा ९ जनालाई धम्की आएको बताइएको छ । संयुक्त राष्ट्र सङ्घका लागि अमेरिकी राजदूत पनि यो सूचिमा परेको भनिएको छ ।
प्रहरीले यी मामिलामाथि छानबिन गरिरहेको छ । धम्की मंगलबार र बुधबार राति आएको भनिएको छ । ट्रम्पले मन्त्री परिषद्मा मनोनीत गरेका कयौँ व्यक्तिलाई उनीहरू र आफन्त समेतको नाममा हिंस्रक, गैर अमेरिकी धम्की आएको ट्रम्पको ट्रान्जिशन टिमकी प्रवक्ता क्यारोलिन लिभिटले भनिन् । मनोनीत व्यक्तिको सुरक्षा सुनिश्चित गर्न कानून कार्यान्वयन गर्ने निकायले तत्कालै यस मामिलालाई हातमा लिएको पनि उनले बताइन् ।
लिभिट र एफबीआई कसैले पनि धम्की आएको व्यक्तिको नाम खुलाएका छैनन् । ट्रम्पले यूएनको राजदूतमा मनोनीत गरेको एलिस स्टेफानिकले भने आफ्नो घरपरिवारलाई बमको धम्की आएको भनेर भनेकी थिइन् । रक्षा मन्त्रीमा मनोनीत भएका पिट हेग्स्थले पनि धम्की आएको पुष्टि गरेका छन् ।
राष्ट्रपतिको चुनावी अभियानको समयमा दुई पटक ट्रम्पको ज्यान मार्ने प्रयास भएको थियो । तर यस पटक ट्रम्पलाई भने यस्ता धम्की नआएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण