बङ्गलादेशमा इस्कोनमाथि प्रतिबन्धको माग खारेज
इस्लामवाद । बङ्गलादेशको उच्च अदालतले बिहीबार इस्कोन अर्थात् अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घको गतिविधिमा प्रतिबन्ध लगाउने आदेश पारित गर्न अस्वीकार गरेको छ । इस्कोनमाथि प्रतिबन्ध लगाउने मागसहित परेको याचिकाको सुनवाइको क्रममा सरकारी अधिकारीले आवश्यक कदम उठाइरहेको महान्यायाधिवक्ता कार्यालयले भनेको छ ।
यो मामिलालाई सरकारले हेर्ने पनि सुनवाइमा भनिएको छ । इस्कोनसँग जोडिएको मामिला बङ्गलादेशको सर्वोच्च प्राथमिकतामा भएको पनि बताइएको छ । चिन्मय दास पक्राउ परेपछि कानुनी व्यवस्था बिगार्ने विरुद्ध कठोर कदम चाल्ने पनि सरकारले बताएको छ । इस्कोनमाथि प्रतिबन्ध लगाउने यो नै सही समय भएको भन्दै याचिकामा भनिएको थियो ।
तर उच्च अदालतले चाँहि सरकारले यसबारे के निर्णय लिन्छ हेरौँ भनेको छ । हिन्दु भिक्षु चिन्मय कृष्ण दास प्रभुमाथि देशद्रोहीको आरोप लागेपछि हिन्दु समुदायमाथि बङ्गलादेशमा व्यापक आक्रमण भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण