बङ्गलादेशमा इस्कोनमाथि प्रतिबन्धको माग खारेज

इस्लामवाद । बङ्गलादेशको उच्च अदालतले बिहीबार इस्कोन अर्थात् अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घको गतिविधिमा प्रतिबन्ध लगाउने आदेश पारित गर्न अस्वीकार गरेको छ । इस्कोनमाथि प्रतिबन्ध लगाउने मागसहित परेको याचिकाको सुनवाइको क्रममा सरकारी अधिकारीले आवश्यक कदम उठाइरहेको महान्यायाधिवक्ता कार्यालयले भनेको छ ।
यो मामिलालाई सरकारले हेर्ने पनि सुनवाइमा भनिएको छ । इस्कोनसँग जोडिएको मामिला बङ्गलादेशको सर्वोच्च प्राथमिकतामा भएको पनि बताइएको छ । चिन्मय दास पक्राउ परेपछि कानुनी व्यवस्था बिगार्ने विरुद्ध कठोर कदम चाल्ने पनि सरकारले बताएको छ । इस्कोनमाथि प्रतिबन्ध लगाउने यो नै सही समय भएको भन्दै याचिकामा भनिएको थियो ।
तर उच्च अदालतले चाँहि सरकारले यसबारे के निर्णय लिन्छ हेरौँ भनेको छ । हिन्दु भिक्षु चिन्मय कृष्ण दास प्रभुमाथि देशद्रोहीको आरोप लागेपछि हिन्दु समुदायमाथि बङ्गलादेशमा व्यापक आक्रमण भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
-
बुद्धका शिक्षाहरूलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुन्छ : प्रधानमन्त्री
-
मनमोहक मार्फा (तस्बिरहरू)
-
एकीकृत समाजवादीका भ्रातृ संगठनमा किन बल्झिरहन्छ विवाद ?
-
पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
एमालेलाई गुरुङको जग्गादान : सर्वोच्चले कानुनसम्मत देखेको आधार (पूर्णपाठ)