चौथोपटक झारखण्डको मुख्यमन्त्री बने हेमन्त सोरेन
नयाँ दिल्ली । हेमन्त सोरेन बिहिबार चौथो पटक झारखण्डको मुख्य मन्त्री बनेका छन् । राज्यको राजधानी राँचीको मोरहाबादी मैदानमा आयोजित एक समारोहमा उनले मुख्यमन्त्रीको सपथ लिएका हुन् ।
उनको शपथ ग्रहण समारोहमा जेएमएम प्रमुख शिबु सोरेन, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गे, लोकसभामा विपक्षी नेता राहुल गान्धी, सपा प्रमुख अखिलेश यादव, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी र आरजेडी नेता तेजस्वी यादव पनि उपस्थित थिए ।
यसका बाहेक आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाल, पञ्जाबका मुख्यमन्त्री भगवन्त मान, तमिलनाडुका उपमुख्यमन्त्री उदयनिधि स्टालिन र कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमार पनि हेमन्त सोरेनको सपथ ग्रहण समारोहमा सहभागी भएका थिए । हेमन्त सोरेनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि सपथ ग्रहण समारोहमा निम्तो दिएका थिए ।
झारखण्ड विधानसभा चुनावको नतिजा नोभेम्बर २३ मा सार्वजनिक भएको थियो । यसमा जेएमएमले राज्यको ८१ सिटमध्ये सबैभन्दा बढी ३४ सिट जितेको जितेको थियो । भारतीय गठबन्धनमा रहेको कांग्रेसले १६ सिट जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण