स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेलाई समर्थन नगर्न माओवादीको निर्देशन
बिहीबार, १३ मङ्सिर २०८१, १९ : ३५
काठमाडौँ । सुदूरपश्चिम प्रदेश नेकपा माओवादी केन्द्रका इन्चार्ज गिरिराजमणि पोखरेलले बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार जवा शाहीलाई मतदान गर्न निर्देशन दिएका छन् ।
बिहीबार पोखरेलले विज्ञप्ति जारी गर्दै पार्टी नीति विपरीत एमाले उम्मेदवारको पक्षमा प्रचारप्रसार नगर्न माओवादी स्थानीय समितिलाई निर्देशन दिएका हुन् । माओवादी पालिका कमिटीले एमालेका उम्मेदवार सुलोचना कुमारी भण्डारीलाई समर्थन गरेको प्रचार गरेका थिए । एमाले र माओवादीबिच चुनावी तालमेल भएको विषयलाई लिएर पार्टीले समाजवादी मोर्चा बाहिरका उम्मेदवारलाई समर्थन नगर्न परिपत्र नै पठाएको उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण