मौद्रिक नीतिको समीक्षा हुँदै, के-के होला परिवर्तन ?
काठमाडौँ । मौद्रिक नीतिको त्रैमासिक समीक्षा आज सार्वजनिक गरिँदै छ । नेपाल राष्ट्र बैंकले मौद्रिक आर्थिक वर्ष २०८०-८१ को पहिलो त्रैमासिक समीक्षा शुक्रबार सार्वजनिक गर्न लागेको हो । केन्द्रीय बैंकले कुनै पनि त्रैमास सकिएको ४५ दिनभित्र मौद्रिक नीतिको समीक्षा गर्नुपर्ने व्यवस्था छ ।
अहिले ब्याजदर करिडोरको तल्लो सीमामा रहेको निक्षेप सङ्कलन दरलाई घटाउने अपेक्षा बैंकिङ क्षेत्रले गर्दै आएका छन् । यो अहिले ३ प्रतिशत छ, यो दरभन्दा तल व्यक्तिगत बचत खाताको ब्याज दिन नपाइने व्यवस्था छ । यसले गर्दा मुद्दती र बचत खाताको ब्याजदर एउटै दरमा आउन थालेको भन्दै फ्लोर रेट घट्ने अपेक्षा बैंकर्सको छ ।
त्यस्तै, निर्माण व्यवसायीले सावाँ ब्याज तिर्ने मितिमा लचकताको अपेक्षा गरेका छन् । मौद्रिक नीतिले दिएको निर्माण व्यवसायीको सावाँ ब्याज तिर्ने मिति मङ्सिर मसान्तसम्म सकिँदैछ । चेक बाउन्समा कालोसूचीमा नराख्नेगरी भएको व्यवस्था समेत सोही समयमा अन्त्य हुनेछ ।
यसपटकको समीक्षामा बाह्य क्षेत्रसँग सम्बन्धित केही विषयमा खुकुलो नीति लिने तयारी गरिएको छ । अन्य आन्तरिक विषयहरूमा मौद्रिक नीतिले धेरै परिवर्तन नभएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण