आइतबार, २३ मङ्सिर २०८१
ताजा लोकप्रिय

वायु गुणस्तर खस्किँदो, मास्क अनिवार्य प्रयोग गर्न चिकित्सकको सुझाव

शुक्रबार, १४ मङ्सिर २०८१, १० : ४३
शुक्रबार, १४ मङ्सिर २०८१

काठमाडौँ । वायुको गुणस्तर खस्किएसँगै मास्को अनिवार्य प्रयोग गर्न चिकित्सकले सुझाएका छन् । काठमाडौँलगायत विभिन्न सहरहरूमा वायुको गुणस्तर खस्किँदो छ ।

हिउँदयाम सुरु भएसँगै पानी नपर्नु, ठोस तथा प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेषहरू जलाउनु, उद्योग कलकारखाना तथा भान्साहरूबाट निस्कने धुवाँले, सडक तथा निर्माण कार्यहरूबाट उड्ने धूवाँ धूलोका कारणले गुणस्तर खस्किएको हो । यसबाट जोखिन अनिवार्य मास्क प्रयोग गर्न फिजिसियन डा. पुष्पमणि खरालले सुझाए । ‘वायु प्रदूषणबाट जोगिन मास्कको प्रयोग सबैभन्दा राम्रो उपाय हो ।’ उनले भने, ‘वातावरण प्रदूषण बढेको छ, सबैले अनिवार्य मास्क लगाउनोस् ।’

उनले वायु प्रदूषणबाट जोगिन कार्यालय, घर वरिपरि सफा राख्न सुझाए । उनले वातावरणीय प्रदूषणसँगै घर भित्रको प्रदूषण काम गर्न आगो, कोइलाको प्रयोग कम गर्न सुझाए ।

बिहीबार काठमाडौँ विश्वकै प्रदूषित सहरको सातौँ स्थानमा पुगेको युरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर) ले देखाएको थियाे।  शुक्रबार बिहान १०ः२८ बजे मा काठमाडौँको विश्वको प्रदूषित सहर सूचांकको चाथौँ स्थानमा देखिएको हो । आईक्यूएयरका अनुसार सो समयमा काठमाडौँको वायु प्रदूषणको मात्रा १६५ आईक्यूआई छ ।

वायु प्रदूषण बढेसँगै वातावरण विभागले सावधानी अपनाउन आग्रह गरेको छ । विभागले ठोस तथा प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेषहरू नजलाउन, सवारीसाधनको नियमित मर्मत सम्भार गर्न, उद्योग कलकारखाना तथा भान्साहरूमा स्वच्छ ऊर्जाको प्रयोग गर्न, सडक तथा निर्माण कार्यहरूबाट उड्ने धूवाँ धूलोको नियन्त्रण गरी सावधानी अपनाउन आग्रह गरेको हो । 

नेपालमा विशेषगरी मङ्सिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने गरेको पाइन्छ । विगत केही हप्तादेखि नेपालको तराई क्षेत्र लगायत काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको पाइएको विभागले उल्लेख गरेको छ । वायु प्रदूषणको मुख्य कारक उद्योग कलकारखाना र सवारी साधनबाट निष्कासन हुने धूवाँ, वन डढेलो, खुला रूपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धूवाँ, सडक तथा निर्माण कार्यहरूबाट उड्ने धूलो आदि रहेको सो सूचनामा उल्लेख गरेको छ ।

स्वास्थ्यका दृष्टिकोणले वायु गुणस्तर सूचकाङ्क ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ हुने विभागले जनाएको छ । यस्तै, सो सूचकाङ्क १५१–२०० पुगेमा अस्वस्थ, २०१ – ३०० निकै अस्वस्थ तथा ३०१ भन्दा माथि भएमा खतरनाक तह पुगेको सङ्केत गर्दछ ।

आईक्युआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँचिन्छ । आईक्यूआईले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?