चीनले गर्यो प्रधानमन्त्री ओली भ्रमणको औपचारिक घोषणा

काठमाडौँ । चीनको विदेश मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा अोलीको चीन भ्रमणको औपचारिक घोषणा गरेको छ । त्यहाँस्थित विदेश मन्त्रालयका प्रवक्ता माओ निङलेले चीनका राज्य परिषद्का प्रधानमन्त्री लि कियाङको निमन्त्रणामा प्रधानमन्त्री ओली मङ्सिर १७ गतेदेखि २० गतेसम्म चीनको भ्रमणमा रहने जानकारी दिएकी हुन् ।
चीनका प्रधानमन्त्री लि छ्याङको निमन्त्रणमा त्यहाँ गइरहेका प्रधानमन्त्री ओलीको भेटघाट चीनका राष्ट्रपति सी चिन फिङसँग हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । चीनका प्रधानमन्त्री कियाङसँग दुई पक्षीय वार्ता हुनुको साथै चीनको राष्ट्रिय जन काँग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि उनको भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्व विद्यालयमा मुख्य सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । त्यसैगरी प्रधानमन्त्री चीनमा रहेको नेपाली दूतावास, चाइना काउन्सिल फर द प्रमोशन आफ इन्टरनेशनल ट्रेड (सीसीपीआइटी) र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय जहाजहरूका लागि पाकिस्तानले बन्द गर्यो आफ्नो बन्दरगाह
-
सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको काम सुस्त
-
मेक्सिकोमा अमेरिकी सेना तैनाथ गर्ने ट्रम्पको प्रस्ताव शेनबाउमले गरिन् ठाडै अस्वीकार
-
आज ४ संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
प्रहरी विधेयकमा थप नयाँ प्रस्ताव, सीडीओलाई किन यति अधिकार ?
-
नागढुङ्गा नौबिसे सडक विस्तार : यही वैशाख २२ देखि ३१ गतेसम्म पाँच घण्टा बन्द गरिने