नेपाल र चीनबिच जनस्तरमा सम्बन्ध बनाउन परराष्ट्रमन्त्री आरजुको निर्देशन
काठमाडौँ । चीन भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेट्नुअघि त्यहाँस्थित महावाणिज्य दूतावासका अधिकारीहरूसँग छलफल गरेकी छन् । चीनको छेन्दुस्थित नेपालको महावाणिज्य दूतावासमा आज उनले छलफल गरेकी छिन् ।
नेपाल–चीन बिच द्विपक्षीय सम्बन्ध स्थापना भएको ७० औँ वर्षको अवसरमा दुवै सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२५ को पृष्ठभूमिमा नेपाल पर्यटनलाई प्रवद्र्धनका लागि दुई देशका जनता बिचको सम्बन्धलाई थप सुदृढ बनाउन त्यहाँका कर्मचारीलाई उनले निर्देशन दिइन् ।
चिनियाँ बजारमा चिया, कफी, औषधी र सुगन्धित जडीबुटी जस्ता नेपाली उत्पादनको प्रवर्द्धन तथा छेन्दुमा रहेका सम्भावित नेपाली खानेकुराको पहिचान गर्न पनि उनले कर्मचारीहरूलाई निर्देशन दिइन् ।
मङ्सिर १७ गतेदेखि प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न लागेको चीन भ्रमणको तयारीको लागि परराष्ट्रमन्त्री आरजु हिजो बिहीबार त्यहाँ पुगेकी हुन् ।
परराष्ट्रमन्त्री आरजुले आजै त्यहाँका विदेश मन्त्री यीसँग भेटघाट गरी प्रधानमन्त्री ओलीको चीनको भ्रमणको एजेन्डाको बारेमा छलफल गर्ने बताइएको छ । परराष्ट्रमन्त्री आरजु भोली नेपाल फर्किने र सोमवार प्रधानमन्त्री अोलीसँग पुनः चीन जाने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण