‘ग्रामीण क्षेत्रका नागरिकलाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउने सरकारको पहिलो प्राथमिकता’
डोल्पा । खानेपानीमन्त्री प्रदीप यादवले नेपालका ग्रामीण क्षेत्रका नागरिकलाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउने सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । शनिबार डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिकामा खानेपानी मन्त्रालयको समन्वयमा स्थापित ठूलीभेरी नगरपालिका–७ जुफालमा रहेको ग्रामीण खानेपानी सेवा सहायता केन्द्रको उद्घाटनका क्रममा मन्त्री यादवले सो कुरा बताएका हुन्।
स्थानीय समुदायको जीवनस्तर सुधार गर्न, स्वास्थ्य समस्याहरू कम गर्न र पानीको दिगो व्यवस्थापनमा यस्तो पहलले महत्त्वपूर्ण योगदान दिने मन्त्री यादवले बताए । उनले भने, ‘नेपालका ग्रामीण क्षेत्रका जनतालाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउने सरकारको पहिलो प्राथमिकता छ, सोही अनुसार मन्त्रालय अगाडि बढेर काम गरिरहेको छ ।’
यसै गरी मन्त्री यादवले ग्रामीण खानेपानी सेवा सहायता केन्द्रको यस परियोजनाले डोल्पावासीको शुद्ध र स्वच्छ खानेपानी लागि थप सुदृढ बनाएको बताए । उनले भने, ‘यस परियोजनाको सफल सञ्चालनले खानेपानी तथा सरसफाइको विकासमा नयाँ इतिहास रच्नेछ भन्ने मैले विश्वास लिएको छु ।’ सहायता केन्द्र स्थापना गर्न सहयोग गर्ने स्थानीय तह, फिनल्याण्ड सरकार र युरोपियन युनियन प्रति समेत मन्त्री यादवले हार्दिक धन्यवाद व्यक्त गरे ।
उक्त कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव ई प्रमीलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार थापा लगायतको टोली डोल्पामा पुगेको छ । मन्त्री यादव सहितको टोली आजै काठमाडौँ फर्किने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण