नेपाल प्रिमियर लिग
टिकट काटेर पनि खेल हेर्न नपाएपछि त्रिवि खेल मैदान बाहिर नाराबाजी
शनिबार, १५ मङ्सिर २०८१, १४ : ०५
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिता हेर्न पुगेका दर्शकहरूले टिकट काटिएर पनि खेल हेर्न नपाएको भन्दै गुनासो गरेका छन् । शनिवार कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा एनपिएल हेर्न पुगेका केही दर्शकलाई गेटबाट भित्र छिर्न नदिएपछि उनीहरुले नाराबाजी समेत लगाएका छन् ।

‘हामी खल्तीबाट टिकट काटेको खेल हेर्न त्रिवि खेल मैदान पुगेका थियौँ, तर भित्र ठाउँ छैन भन्दै गेटबाट छिर्न दिइएन’ दर्शक प्रज्वल पन्तले भने । अहिले खेल मैदान बाहिर टिकट काटेर पनि भित्र पस्न नपाएका दर्शकहरूमाथि भीड बढेको भन्दै पुलिस लगाएर लाठी चार्ज गरिएको उनले बताए । दर्शकहरूले भने आफूहरूले टिकट काटिसकेकाले खेल हेर्न पाउनु पर्ने भन्दै नाराबाजी गरेका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण