लुम्बिनीका मुख्यमन्त्री र सुदूरपश्चिम प्रदेश प्रमुखबिच भेटवार्ता
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँबिच भेटवार्ता भएको छ। बुटवलमा भएको भेटवार्तामा संघीयता कार्यान्वयन र समन्वयलाई प्रभावकारी बनाउने बारेमा कुराकानी भएको हो।
सो अवसरमा मुख्य मन्त्री आचार्यले अन्तरप्रदेश बिचमा असल अभ्यास र सिकाइहरूलाई आदानप्रदान गर्दै संघीयता कार्यान्वयनको पक्षलाई बलियो बनाउने, विकास परियोजना र कतिपय सामाजिक मुद्दाहरूको बारेमा समेत साझा नीति अवलम्बन गरेर अघि जान सकिने बारेमा बताए।
उनले प्रदेशलाई बलियो बनाउने गरी अधिकारहरूको प्रत्यायोजन, कार्यान्वयन र सहकार्यलाई अगाडि जानुपर्ने बताए । प्रदेशहरूबिचको समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाउने, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश सरकार बिचमा समृद्धिलाई सघाउनका लागि साझा नीति तथा रणनीतिको बारेमा समेत छलफल भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले प्रदेशको बिच सहकार्य, समन्वयलाई थप गति दिने गरी भूमिका बढाउनुपर्ने बताएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन
-
प्रदेश सरकारको चाबी नेकपाको हातमा, तर पार्टीभित्र दुई मत
-
गड्यौला मलले फेरियो किसानको दैनिकी, अर्गानिक खेतीबाट लाखौँ आम्दानी
-
सिंहदरबारमा सङ्घ र प्रदेशका ऊर्जामन्त्रीहरूको बैठक सुरु
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण