दृष्टिविहिनहरुको टी–२० पुरुष विश्वकप क्रिकेटमा नेपाल सेमिफाइनलमा प्रवेश
काठमाडौँ । नेपाली दृष्टिविहिन क्रिकेट टोली दृष्टिविहिनहरुको टी–२० पुरुष विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार नेपाली दृष्टिविहिन क्रिकेट टोली पहिलो पटक दृष्टिविहिनहरुको टी–२० पुरुष विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको हो ।
पाकिस्तानमा भइरहेको चौथो संस्करणको दृष्टिविहिनहरुको टी–२० पुरुष विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको हो । यसअघि नेपालले तीन संस्करणकै दृष्टिविहिनहरुको टी–२० पुरुष विश्वकप क्रिकेट खेलेको थियो । तर त्यसबेला नेपाल सेमिफाइनल पुग्न सकेको थिएन ।
लिग चरणका खेल सकिएपछि नेपाल चौथो स्थानमा रहने पक्का भएको हो । यो पटक ६ टोलीले दृष्टिविहिन टी–२० पुरुष विश्वकप क्रिकेट खेलेका छन् । जसमा नेपालले २ खेल जित्दा ३ खेलमा पराजित भएको थियो । सुरुमा ७ टोलीको सहभागिता रहने भनिएको थियो तर भारत अन्तिम समयमा पाकिस्तान नगएपछि ६ टोली बिच प्रतिस्पर्धा भएको थियो ।
आइतबार मुलतानमा हुने पहिलो सेमिफाइनलमा नेपालले घरेलु टोली पाकिस्तानसँग खेल्नेछ । आइतबारै दोस्रो सेमिफाइनल श्रीलंका र बंगलादेशबीच हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
-
इङ्ग्ल्यान्ड - अर्जेन्टिना प्रतिष्ठाको महाभिडन्तः कसको जित्ने सम्भावना कति ?
-
मलद्वारमा लुकाएर खैरो हेरोइन भित्र्याउने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण