साझा फ्रेमवर्कले बीआरआई कार्यान्वयनमा सहजता हुन्छ : शंकर पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बीआरआई अन्तरगतको चिनियाँ सहयोग परिचालनका सन्दर्भमा दुई दल एमाले र नेपाली कांग्रेसबिच साझा फ्रेमवर्क तयार भएसँगै परियोजना कार्यान्वयनमा सहजता हुने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा यस सहमतिले सार्थकता पाएसँगै नेपालको विकासमा चिनियाँ सहयोग परिचालनमा तीव्रता आउने पनि महासचिव पोखरेलको भनाई छ । ‘बीआरआईका सन्दर्भमा प्रमुख दलहरूबिचको सहमतिले अन्तर्राष्ट्रिय मामिलामा साझा राष्ट्रिय दृष्टिकोण तयार गर्ने सुखद प्रक्रिया आरम्भ भएको मान्न सकिन्छ’, महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण तयभएसँगै बीआरआईको कार्यान्वयनका सन्दर्भमा नेपालका प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले साझा धारणा बनाउन तीन सदस्यीय कार्यदल बनाएका थिए । उक्त कार्यदलले तयार पारेको प्रस्तावमा बीआरआई अन्तर्गतका योजना नेपालले अनुदानमा स्वीकार गर्ने तर ऋण नलिने बताइएको छ । विगतमा बीआरआईका सन्दर्भमा नेपालले एमओयू हस्ताक्षर गरेपनि सो अन्तरगतका परियोजनाहरू अघि बढ्न सकेका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण