स्थानीय तह उपनिर्वाचन
पुथा उत्तरगंगामा तीन हजार २ सय ६८ मत खस्यो
आइतबार, १६ मङ्सिर २०८१, १२ : ३८
बालाराम शेर्पाली । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा भइरहेको उप निर्वाचनमा तीन हजार २ सय ६८ मत खसेको । बिहान ७ बजे सुरु भएको मतदान मध्याह्न १२ः२० सम्म महिला १ हजार ५ सय ७८ र पुरुष १ हजार ५ सय ९० जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत लोकबहादुर हमालले जानकारी दिए ।
गाउँपालिकाको १४ वडाका भित्रका १९ मतदान स्थल र २२ वटा मतदान केन्द्रमा ११ हजार एक सय ८० जना मतदाताले मतदान गर्ने क्रम जारी रहेको हमालले जानकारी दिए ।
यहाँ कांग्रेस–एमालेको तर्फबाट केशकुमारी तुलाचन तथा माओवादी केन्द्रबाट नरपुरा बुढा पुन गाउँपालिका उपाध्यक्ष उम्मेदवारको प्रतिस्पर्धामा छन् । २ नम्बर वडाध्यक्षमा जगत् घर्ती निर्विरोध निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण