पशुपति दर्शन गर्न पुगे शिखर धवन, तस्बिरहरू
काठमाडौँ । भारतीय खेलाडी शिखर धवनसहित नेपाल प्रिमिर लिग (एनपीएल) टिम कर्णाली याक्सका खेलाडीहरूले आइतबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।
धवनसहित सोमपाल कामी, गुल्शन झा, प्रशिक्षक ज्ञानेन्द्र मल्ल र फेस अफ कर्णाली याक्स स्वस्तिमा खड्कालगायतले मन्दिर दर्शन गरेका हुन् । कर्णाली याक्सले विश्व क्रिकेटकै चर्चित खेलाडी धवनलाई टोलीमा अनुबन्ध गरेको छ । ३८ वर्षीय बायाँ हाते ओपनरले भारतसँगै आईपीएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंंग्सबाट खेलेका छन् ।
_qX0VAYHqew.jpg)
कर्णाली याक्समा अनुबन्ध भएका धवनले भारतको लागि ३२ टेस्टमा दुई हजार तीन सय १३ रन बनाएका छन् । १६७ एकदिवसीय खेलमा ६ हजार ७ सय ९३ रन बनाएका छन् । त्यस्तै, ६८ टी–२० अन्तर्राष्ट्रिय खेलमा एक हजार ७ सय ५९ रन बनाएका छन् ।
शिखरले कर्णालीबाट कम्तीमा ४ खेल खेल्नेछन् । उनले एक खेलको ३० हजार डलर पाउनेछन् । शिखर एनपीएलमा अनुबन्ध हुने सबैभन्दा ठुलो नाम हो ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
_Hj93A9sbSx.jpg)
_7JtATDGiiD.jpg)
_KgqXTsraUf.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026