स्थानीय तह उपनिर्वाचन
ग्रामथान उपनिर्वाचनमा ६५ प्रतिशत मतदान
आइतबार, १६ मङ्सिर २०८१, १५ : ५८
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदको उपनिर्वाचनमा ६५ प्रतिशत मत खसेको छ । दिउँसो साढे ३ बजेसम्ममा १६ हजार ९२८ मत खसिसकेको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिए ।
अध्यक्ष पदका लागि एक स्वतन्त्रसहित १६ जना उम्मेदवार चुनावी दौडमा छन् । १२ मतदानस्थल र २९ मतदान केन्द्र छन् । उपनिर्वाचनमा २६ हजार ४४ मतदाता रहेका छन् ।
२०७९ सालको निर्वाचनमा ग्रामथान गाउँपालिकाको अध्यक्षमा विजयी नेपाली कांग्रेसका जयप्रकाश गच्छदारको गत असारमा निधन भएपछि उक्त स्थानमा उपनिर्वाचन भएको हो । मतदान सकिएपछि आज राति देखिनै मत गणना गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण