उपनिर्वाचन
एक घण्टा बाँकी रहँदा ६१ प्रतिशत मतदान
आइतबार, १६ मङ्सिर २०८१, १६ : १८
काठमाडौँ । स्थानीय तहको उपनिर्वाचन अन्तर्गत मतदान गर्ने समय एक घण्टा मात्र बाँकी रहेको छ ।
आइतबार दिउँसो ४ बजेसम्म ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।
यो उपनिर्वाचनमा दुई लाख २६ हजार ७९९ मतदाता छन् । हालसम्म करिब १ लाख ३८ हजारभन्दा बढी मतदाताले मत खसालेको अर्यालले बताइन् । उनले अझै अपडेट हुने क्रम जारी रहेकाले यो संख्या बढ्न सक्ने बताइन् ।
स्थानीय तहमा रिक्त ४१ पदका निम्ति आज बिहान ७ बजेदेखि मतदान भएको हो । बेलुका ५ बजेसम्म मतदान हुनेछ ।
मतदान सकिएलगत्तै एउटा मतदान केन्द्र रहेका वडाहरूको मतगणना सुरु गर्ने तयारी रहेको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण