टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
आइतबार, १६ मङ्सिर २०८१, १६ : २६
काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ जडीबुटीमा रोकिराखेको टिपरमा ठक्कर खाएर गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा वीरगञ्ज महानगरपालिका–१४ मुरलीबगैँचा घर भई काठमाडौँको काँडाघारी हात्तीडाँडा बस्ने ४५ वर्षीय सञ्जय सिंह रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
उनले भने, “जडीबुटीस्थित सडकमा रोकी राखेको बा४ख ६१८२ नम्बरको टिपरमा प्र ३–०२–००४ प ०२०५ नम्बरको मोटरसाइकल ठक्कर खाँदा गएराति निज मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए ।” दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमासेन्टर महाकालमा उपचारका क्रममा मृत्यु भएको हो । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको प्रवक्ता कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण