रवि लामिछानेको बयान आज सकिएन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान आज नसकिएपछि उनलाई हिरासतमा फिर्ता पठाइएको छ । भद्रकाली स्थित जिल्ला सरकारी वकिल कार्यालयमा उनीसँग अनुसन्धान अधिकृत र सरकारी वकिलले बयान लिएका हुन् । बयान नसकिएपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा पठाइएको हो ।
मङ्सिर १४ र १६ मा उनीसँग स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे अनुसन्धान अधिकृतहरूले प्रश्न गरेका छन् । काठमाडौँका सह महान्यायाधिवक्ता सन्देश श्रेष्ठको कार्यकक्षमा उनको बयान लिइएको छ । आइतबार लामिछानेको बयान पुरा नभएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए । सोमबार बयान निरन्तर हुनेछ ।
सुर्यदर्शनको रकम अपचलन गरेको अरोपमा पक्राउ परेका लामिछानेलाई पोखराबाट बयानका लागी काठमाडौँ ल्याइएको हो । स्वर्णलक्ष्मीबाट लामिछानेले दुई पटक ऋण लिएको तर, फिर्ता नगरेको फेला परेको छ ।
अनुसन्धान अधिकृतहरूले लामिछानेलाई त्यसबारे प्रश्न गरेका छन् । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार जीवी र रविले संयुक्त नाममा ऋण लिएका हुन् । २०७८ भदौ ४ मा उनीहरूले ‘फोर ह्विलर लोन’ र २०७८ कार्तिक १ मा ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न भनेर ऋण निकालेको भेटिएको छ ।
‘फोर ह्विलर लोन’ बापत ४६ लाख ९८ हजार लिएको तर, ३२ लाख २१ हजार फिर्ता नगरेको स्वर्णलक्ष्मीको रेकर्डमा भेटिएको छ । त्यस्तै, ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न ४६ लाख ८८ हजार लिएर २९ लाख ५२ हजार नतिरेको अनुसन्धानबाट भेटिएको छ । स्वर्णलक्ष्मीबाट गैह्रकानूनी रुपमा रवि र जीवी सहितको नाममा प्रवाह भएको लोनको ३५ थान भौचर प्रहरीले बरामद गरेको छ ।
स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । २७ हजार निक्षेपकर्ताले सो सहकारीमा २ अर्ब ६५ करोड ९५ लाख जम्मा गरेको सहकारीको रेकर्डमा भेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण