पुथाउत्तरगंगाम गाउँपालिकामा ५३. ०५ मत खस्यो, मतगणना भोलिदेखि
आइतबार, १६ मङ्सिर २०८१, १८ : ०९
बुटवल । रुकुम पूर्वी जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षका लागि भएको मतदानमा ५३.०५ प्रतिशत मत खसेको छ । ११ हजार एक सय ८० जना मतदाता रहेकोमा ५ हजार ९ सय ३१ मत खसेको निर्वाचन सहायक अधिकृत ईश्वरीप्रसाद सुवेदीले बताए ।
सुवेदीले मतदान सम्पन्न भएपनि केही वडाका मतपेटिका गाडीमा ३ घण्टा र त्यसपछि पैदलबाट ल्याउनुपर्ने भएकाले रातभरमा मतपेटिका ल्याउने काम हुने बताए । आज मतगणना हुने सम्भावना नरहेको भन्दै उनले भोलि बिहानदेखि गणना सुरु हुने जानकारी दिए ।
गाउँपालिकाको १४ वटा वडामा २२ मतदान केन्द्र रहेका छन् । कांग्रेस–एमालेबाट केशकुमारी तुलाचन र माओवादीबाट नरपुरा बुढा उम्मेदवार रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण