ज्यान मार्ने उद्योग कसुरमा फरार रहेका ४ जना पक्राउ
काठमाडौँ । ज्यान मार्ने उद्योग कसुरमा फरार रहेका चार जना प्रतिवादीलाई नेपाल प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
पक्राउ पर्नेमा लम्जुङ घर भई हाल काठमाडौँको नागार्जुन नगरपालिका–१ बस्ने २० वर्षीय सुमित तामाङ र २० वर्षीय सुसन तामाङ तथा धादिङ घर भई नागार्जुन नगरपालिका–१ बस्ने २५ वर्षीय उम्बे गुरुङ भन्ने उमेश गुरुङ र कान्छा भन्ने आशिष गुरुङ रहेका छन् ।
चार जनाले गत भदौ ३० गते साँझ काठमाडौँको गोंगबुस्थित क्रेजी चिया भट्टीमा रुपेश गुरुङ र सागर तामाङमाथि ज्यान लिने मनसायले काठ, फलामको कुर्सी, हेलमेट रड, सिसाको बोतल प्रहार गर्दै सख्त घाइते बनाएका थिए । उनीहरुविरुद्ध असोज ६ गते प्रहरी वृत्त महाराजगन्जमा ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता भएको थियो ।
प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गर्न सफल भएको हो । उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गली हात्ती बस्तीमा पसेपछि स्थानीय त्रसित
-
नेकपा एकीकृत समाजवादी लुम्बिनीको अधिवेशन फागुन २१ गते हुने
-
१० बजे १० समाचार : कविता बहसदेखि महिला विश्वकपमा नेपालको डेब्यूसम्म
-
६ महिनामा ३ लाख ९३ हजारले लिए श्रम स्वीकृति
-
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री थापामाथि हातपात
-
ट्रकको ठक्करबाट मृत्यु भएका मोटरसाइकल चालकको शव उठाउने सहमति