सुदूरपश्चिममा ५७ प्रतिशत मतदान, सबैभन्दा धेरै बझाङमा
धनगढी । उपनिर्वाचन अन्तरगत सुदूरपश्चिम प्रदेशमा करिब ५७ प्रतिशत मतदान भएको छ । एक उपाध्यक्ष र चार वडाध्यक्षको लागि भएको निर्वाचनमा ५७ प्रतिशत मतदाताले मतदान गरेका हुन् ।
प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी भट्टका अनुसार बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा ७ हजार ४४० मतदाता रहेकोमा ३ हजार ९०३ जनाले मतदान गरेका छन् । जुन ५२ प्रतिशत मत खसेको हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षका लागि ५ हजार ४३४ मतदाता मध्ये २ हजार ९९२ मतदान गरेका छन् ।
दार्चुलाको दुहु गाउँपालिका–५ मा १ हजार २७२ मतदाता रहेकोमा ८७७ मत खसेको छ ।
डोटीको पुर्वीचौकी गाउँपालिका–६ मा १ हजार ५९३ मध्ये ८३९ मत खसेको छ । भने, बझाङको सुर्मा गाउँपालिका–४ मा १ हजार ५५४ मध्ये १ हजार १७८ जनाले मतदान गरेका छन् । जुन सबैभन्दा बढी ७६ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
आज सुदूरपश्चिममा भएको निर्वाचनमा १७ हजार ३१३ मतदाता मध्ये ९ हजार ७८८ जनाले मतदान गरेका गरेका हुन् । कुल मतदाताको अवस्था अनुसार सबैभन्दा धेरै बझाङमा र थोरै बाजुरामा मत खसेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण