चीनमा विश्वको सबैभन्दा ठूलो सुनको भण्डार फेला
हुनान । चीनको हुनान प्रान्तमा विश्वको सबैभन्दा ठूलो सुनको भण्डार फेला परेको छ । सिन्ह्वा समाचारका अनुसार हुनानको पिङ्जियाङ काउन्टीमा एक हजार मेट्रिक टन उच्च गुणस्तरको सुन हुन सक्छ। यसको मूल्य ८३ अर्ब डलरभन्दा बढी अनुमान गरिएको छ।
विज्ञ चेन रुलिनका अनुसार धेरै ड्रिल गरिएको चट्टानको कोरमा सुन स्पष्ट रूपमा देखिन्छ। यो दक्षिण अफ्रिकाको साउथ डीप खानीमा ९०० मेट्रिक टनभन्दा बढी सुन हो।
रिपोर्टका अनुसार पिङजियाङ काउन्टीमा ४० भन्दा बढी सुनका खानी फेला परेका छन्। यसअघि यहाँ ३ सय मेट्रिक टन सुन रहेको भौगर्भिकहरूले अनुमान गरेका थिए । तर, पछि थ्रीडी मोडलिङ प्रयोग गर्दा सुनको दरारको गहिराई ३ हजार मिटरसम्म रहेको पत्ता लागेको थियो । यसमा अनुमानभन्दा ७ सय मेट्रिक टन बढी सुन रहेको छ ।
चिनियाँ अधिकारीहरूले यहाँ थप अनुसन्धान गरिरहेका छन्। यसको खोजी गर्ने हुनान गोल्ड कर्पोरेशनका अनुसार धेरै गहिराइका कारण खानीमा कति सुन छ भन्ने थाहा हुन सकेको छैन । जसका कारण मूल्य कति हुन्छ भन्न सकिन्न ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण