एभर्टनविरुद्ध युनाइटेडको गोलवर्षा, नयाँ म्यानेजरको नेतृत्वमा प्रिमियर लिगमा पहिलो जित

ओल्ड ट्राफोर्ड । नयाँ म्यानजेर रुबेन अमोरिमले प्रिमियर लिगमा पहिलो जित हात पारेका छन् । आइतबार भएको खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई ४–० गोलले हराएको हो ।
अन्तरिम म्यानेजर रुड भान निस्टलरोयलाई विस्तापित गर्दै नियुक्त भएपछिको पहिलो खेलमा अमोरिमको टोली इपस्विपचसँग बराबरीमा रोकिएको थियो । त्यसपछि टोलीले बिहीबार युरोपा लिगामा बोडो/ग्लिम्टलाई हराएको थियो ।
आइतबारको खेलको ३४ औँ मिनेटमा मार्कस रासफोर्डले युनाइटेडलाई अग्रता दिलाएका थिए । जोसुवा जिक्र्जीले ४१ औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको सुरुवातमा रासफोर्डले टोलीका लागि तेस्रो गोल गरे । ६४ औँ मिनेटमा जिक्र्जीले व्यक्तिगत दोस्रो गोल तथा टोलीका लागि चौथो गोल गरे ।
जितपछि युनाइटेड १३ खेलबाट १९ अङ्क बटुल्दै लिगको नवौँ स्थानमा रहेको छ । एभर्टन भने ११ अङ्कसहित १५ औँ स्थानमा सीमित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?