एभर्टनविरुद्ध युनाइटेडको गोलवर्षा, नयाँ म्यानेजरको नेतृत्वमा प्रिमियर लिगमा पहिलो जित
ओल्ड ट्राफोर्ड । नयाँ म्यानजेर रुबेन अमोरिमले प्रिमियर लिगमा पहिलो जित हात पारेका छन् । आइतबार भएको खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई ४–० गोलले हराएको हो ।
अन्तरिम म्यानेजर रुड भान निस्टलरोयलाई विस्तापित गर्दै नियुक्त भएपछिको पहिलो खेलमा अमोरिमको टोली इपस्विपचसँग बराबरीमा रोकिएको थियो । त्यसपछि टोलीले बिहीबार युरोपा लिगामा बोडो/ग्लिम्टलाई हराएको थियो ।
आइतबारको खेलको ३४ औँ मिनेटमा मार्कस रासफोर्डले युनाइटेडलाई अग्रता दिलाएका थिए । जोसुवा जिक्र्जीले ४१ औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको सुरुवातमा रासफोर्डले टोलीका लागि तेस्रो गोल गरे । ६४ औँ मिनेटमा जिक्र्जीले व्यक्तिगत दोस्रो गोल तथा टोलीका लागि चौथो गोल गरे ।
जितपछि युनाइटेड १३ खेलबाट १९ अङ्क बटुल्दै लिगको नवौँ स्थानमा रहेको छ । एभर्टन भने ११ अङ्कसहित १५ औँ स्थानमा सीमित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण