स्थानीय तह उपनिर्वाचन
ग्रामथान गाउँपालिकाको अध्यक्ष माओवादीले जित्यो
सोमबार, १७ मङ्सिर २०८१, ०८ : ३२
मोरङ । नेकपा माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा विजय हासिल गरेको छ। सोमबार सम्पन्न मत गणनाको अन्तिम परिणाम अनुसार काङ्ग्रेसका उम्मेदवार बलराम सरदार थारुलाई पराजित गर्दै माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझीले विजय हासिल गरेका हुन्।
माओवादी उम्मेदवार माझीले ६ हजार ९६९ मत ल्याए भने नेपाली कांग्रेसका बलराम सरदार थारुले ५ हजार ३३३ मत प्राप्त गरे ।
नेकपा एमालेका उम्मेदवार तुलसी राम विश्वासले ४ हजार १५९ मत ल्याउँदा राप्रपाका दिनेश कुमार थान्दारले ५५५ मत ल्याए । राष्ट्रिय स्वतन्त्र पार्टीका नविन कुमार विश्वास खवासले ३७५ मत पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण