पुसबाट फ्लोरमा जाने तयारीमा ‘जन्ते बाख्रो’
सोमबार, १७ मङ्सिर २०८१, १२ : ०७
काठमाडौँ । कमेडी कथावस्तुमा निर्माण हुने फिल्म ‘जन्ते बाख्रो’ को छायाङ्कन पुसबाट सुरु हुने भएको छ । फिल्मको छायाङ्कन पुस १ बाट थाल्ने तयारी गरेको निर्माता युनिटले जनाएको छ ।
सिमोस सुनुवारको निर्देशन रहने फिल्म मुईन इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको हो । फिल्मका लेखक प्रदीप भारद्वाज रहेका छन् ।
सन्तोष गौतमले निर्माण गर्न लागेको फिल्मका लागि कलाकारको रूपमा अभिनेताद्वय सौगात मल्ल र आसिफ शाह केही अगाडि अनुबन्धित भएका थिए भने अहिले गरिमा शर्मा भित्रिएकी छन् । ‘लन्डन टु पेरिस’ र ‘ह्रस्व दीर्घ’ फिल्ममा सह अभिनेत्रीको भूमिका निर्वाह गरेकी गरिमाले यो फिल्ममा मुख्य भूमिका निर्वाह गर्न लागेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण