पुसबाट फ्लोरमा जाने तयारीमा ‘जन्ते बाख्रो’
सोमबार, १७ मङ्सिर २०८१, १२ : ०७
काठमाडौँ । कमेडी कथावस्तुमा निर्माण हुने फिल्म ‘जन्ते बाख्रो’ को छायाङ्कन पुसबाट सुरु हुने भएको छ । फिल्मको छायाङ्कन पुस १ बाट थाल्ने तयारी गरेको निर्माता युनिटले जनाएको छ ।
सिमोस सुनुवारको निर्देशन रहने फिल्म मुईन इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको हो । फिल्मका लेखक प्रदीप भारद्वाज रहेका छन् ।
सन्तोष गौतमले निर्माण गर्न लागेको फिल्मका लागि कलाकारको रूपमा अभिनेताद्वय सौगात मल्ल र आसिफ शाह केही अगाडि अनुबन्धित भएका थिए भने अहिले गरिमा शर्मा भित्रिएकी छन् । ‘लन्डन टु पेरिस’ र ‘ह्रस्व दीर्घ’ फिल्ममा सह अभिनेत्रीको भूमिका निर्वाह गरेकी गरिमाले यो फिल्ममा मुख्य भूमिका निर्वाह गर्न लागेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यनारायणको बार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल
-
पहिलो ६ महिनामा गौर भन्सारद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन
-
बुण्डेस लिगामा बायर्न म्युनिखलाई थप सफलता
-
ग्वार्डिवलाको म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो
-
केवलकारको विषयलाई लिएर पाथीभरामा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
-
ला लिगामा एटलेटिकोलाई फेरि धक्का