१४ बलमा १४ रन बनाउँदै बोल्ड भए शिखर धवन
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत सोमबार जारी जनकपुर बोल्ट्सविरुद्धको खेलमा कर्णाली याक्सका प्रभावशाली ब्याट्सम्यान शिखर धवन १४ रन बनाउँदै आउट भएका छन् ।
भारतका चर्चित पूर्वक्रिकेटर धवन ओपनर ब्याट्सम्यानका रुपमा क्रिज समाल्न आएका थिए । उनले १४ बलको सामना गरी तीनवटा चौका पनि हिर्काए । ३९औँ वर्ष प्रवेशको सँघारमा रहेका धवनलाई जनकपुर बोल्ट्सका बलर हर्ष थाकेरले बोल्ड गरे । २७ वर्षीय हर्ष थाकरे क्यानडाका खेलाडी हुन् । ४.२ ओभरमा धवन आउट हुँदा कर्णाली याक्सले दुई विकेट गुमाएर २१ रन बनाएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णाली याक्सले टस जिती पहिले पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । जनकपुर बोल्ट्सले दोस्रो र कर्णाली याक्सले आफ्नो पहिलो खेल खेल्न लागेका हुन् ।
अनिल कुमार साहको कप्तानीमा रहेको जनकपुर बोल्ट्सले शनिबार खेलिएको प्रतियोगिताको उद्घाटन खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्सलाई आठ विकेटले हराएको थियो । कर्णाली याक्सको कप्तान भने सोमपाल कामी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण