दोलखाको गौरिशंकर गाउँपालिकामा माओवादीको अग्रता
काठमाडौँ । दोलखाको गौरिशंकर गाउँपालिकामा अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवारले दोब्बर मतले अग्रता लिएकी छन् ।
सो गाउँपालिकाको वडा नम्बर १ र २ को मतगणना गर्दा माओवादी केन्द्रका उम्मेदवारले ८०९ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका उम्मेदवारले ४४७ मत प्राप्त गरेकी छन् । त्यस्तै कांग्रेसका उम्मेदवारले २४० मत प्राप्त गरेकी छन् ।
गौरिशंकरमा नेकपा माओवादी केन्द्रले निमलेकी शेर्पा, नेकपा एमालेले उमा लुङ्गेली मगरशेर्पा र नेपाली कांग्रेसले पासदिकी तामाङलाई उपाध्यक्ष पदको उम्मेदवार बनाएको छ ।
सो गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा राजनीतिक दलका ७ र स्वतन्त्रका ९ गरि १६ उम्मेदवार चुनावी मैदानमा रहेका छन् । कुल १५ हजार ७१८ मतदाता रहेको उक्त गाउँपालिकामा आइतबार सम्पन्न मतदानमा ७ हजार ५९० मत खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण